Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • ‘भाइरल’ अर्जुन बिक धरौटीमा रिहा

    ‘भाइरल’ अर्जुन बिक धरौटीमा रिहा

    अनलाइन नेपाल
  • बिहिबार, १५ माघ २०७७
  • 2.5K
    SHARES

    कैलाली । भाइरल अर्जुन भनेर चिनिएका अर्जुन विक धराैटीमा रिहा भएका छन् ।

    जिल्ला सरकारी वकिलको कार्यालय कैलालीका सूचना अधिकारी सुरबहादुर परियारले जबरजस्ती करणी, अपहरण र शरीर बन्धकका अभियोगमा पक्राउ परेका विकलाई जिल्ला अदालत कैलालीले ५० हजार धरौटीमा रिहा गरेको बताए ।



    गत साउन १७ गते दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक सञ्जालमा आएपछि अर्जुन भाइरल भएका थिए ।



    १३ वर्षमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइला गएको भन्दै झुटो खबर बताएर सामाजिक सञ्‍जाल र युट्युबमा भाइरल भएपछि अर्जुनले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा खेल्ने मौका पाएका थिए ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेपछि गत ८ गते अर्जुनलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेर कैलाली ल्याइएको थियो ।फ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार