Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कानुन व्यवसायीले भने-अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ

    कानुन व्यवसायीले भने-अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, १५ माघ २०७७
  • 2K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित गराएर बयान लिई कारबाही गर्नुपर्ने कानुन व्यवसायीहरूले बताएका छन् ।

    अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतमा प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दायर गरेका थिए ।



    न्यायाधीश मनोज शर्माको बिहीबार सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विचाराधीन मुद्दामा बोल्दै भने, ‘प्रधानमन्त्री भनेर छोड्न हुन्न । उहाँलाई स–शरीर उपस्थित गराएर कारबाही गर्नुपर्छ । अवहेलना मुद्दामा पाकिस्तानमा प्रधानमन्त्रीलाई बर्खास्त नै गरिएको थियो ।’



    त्यस्तै, अधिवक्ता लोकेन्द्र ओलीले पनि प्रधानमन्त्रीलाई अदनलतमा बोलाएर सुनुवाइ हुनुपर्ने बताए । उनले भने, ‘अदालतप्रतिको विश्वास बढाउन पनि अवहेलना गर्नेहरूलाई उपस्थित गराउनुपर्छ । अदालतमा झिकाएर बयान गराएर कारबाही गर्नुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार