Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अवहेलना मुद्दा

    प्रधानमन्त्री, चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुखलाई लिखित जवाफसहित उपस्थित हुन आदेश

    प्रधानमन्त्री, चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुखलाई लिखित जवाफसहित उपस्थित हुन आदेश

    अनलाइन नेपाल
  • बिहिबार, १५ माघ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले अवहेलनासम्बन्धी फरक–फरक मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ जनालाई सात दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको छ।

    न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवेहलना सम्बन्धी चारवटा निवेदनमाथि सुनुवाइ गर्दै प्रधानमन्त्री ओली, पूर्व प्रधानन्यायाधीशहरु सुशीला कार्की, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र अनुपराज शर्मालाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो



    शर्माको इजलासले पूर्व सभामुख दमननाथ ढुंगानालाई पनि सात दिनभित्र आफैँ सर्वोच्चमा उपस्थित भएर जवाफ पेश गर्न आदेश दिएको छ।



    प्रतिनिधि सभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

    ९४ वर्षिय वरिष्ठ अधिवक्तालाई लक्षित गर्दै गरेको टिप्पणीले समग्र न्यायपालिकामाथि अवहेलना गरेको जिकिर गर्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपाने रिट निवेदन दर्ता गराएका थिए ।

    कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै ओलीविरुद्ध गत मंगलबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको थियो ।

    प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अधिवक्ताद्वय धनजित बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए ।

    पूर्व सभामुख ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले रिट निवेदन दर्ता गराएका थिए । ढुंगानाले विदेशमा न्यायाधीशरूलाई इजलासबाट सडकमा ल्याएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्ने अवस्था नआओस् भनेर अभिव्यक्ति दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार