Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नापी अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    नापी अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • बिहिबार, १५ माघ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालय भैरहवामा तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित ३ जनाविरुद्ध बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगका अनुसार भैरहवाका तत्कालीन नापी अधिकृत दुवे र सर्भेक्षक रामराज यादवले पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्तिको हानीनोक्सानी पुर्‍याई व्यक्ति विशेषलाई गैरकानूनी लाभ हुने गरी जग्गाको मूल्य ९ लाख ८३ हजार ७०० कायम गरेको पाइएको छ ।



    जग्गाधनी मुना पासिनले नापी कार्यालयका कर्मचारीलाई अनुचित प्रभावमा पारी आफू गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको पाइएको छ ।



    आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार आयोगले उनीहरूविरुद्ध ९ लाख ८३ हजार ७०० बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार