Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मृत्युदर शुन्यमा झर्दा कोरोनाको डर कति छ ?

    मृत्युदर शुन्यमा झर्दा कोरोनाको डर कति छ ?

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । विहिबार नेपालमा २ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ सय ९६ जना कोरोना संक्रमण मुक्त भए ।

    आजसम्मको तथ्यांक अनुसार नेपालमा हालसम्म २ लाख ७० हजार ५ सय ८८ जनामा कोरोना पुष्टि भइसकेको छ भने निको हुनेको संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहिबार भने कोभिड–१९ संक्रमणले कसैको पनि मृत्यु पुष्टि भएन । मन्त्रालयका अनुसार यसअघि साउन ४, ५ र ८ गते कोभिडले कसैको मृत्यु भएको थिएन ।



    नेपालमा ६ महिनापछि मृतकको संख्या शुन्यमा झरेको हो । विश्वभर कोरोनाको नयाँ प्रजाति देखा परेको पुष्टि भइरहहेका बेला नेपालमा भने संक्रमितको संख्या पनि घट्दै गएको छ र मृतकको संख्या पनि घटिरहेको छ ।

    कोरोनाकै कारण १ सय ८९ दिनपछि बिहीबार कसैको ज्यान गएको पुष्टि नभएको तथ्यांकले अब नेपालमा कोरोना निर्मुल त हुँदै गएको छैन ? भन्नेतर्फ पनि सोच्न बाध्य बनाएको छ ।

    हालसम्म नेपालमा कोभिडबाट २ हजार २० जनाको मृत्यु भइसकेको छ ।

    यो तथ्यांकसँगै के अब नेपालमा कोरोनाको भय छैन त ? तर, चिकित्सकहरु भने यो कुरामा सहमत छैनन् । चिकित्सकहरु अझै पनि कोरोनाको भय कम नभएको बताउँछन् ।

    हुन त नेपालमा कोरोनाको खोप आइसकेको छ र लगाउन पनि शुरु भइसकेको अवस्थामा पनि कोरोनाको भय भने रहने चिकित्सकहरुको भनाई छ ।

    विज्ञहरूले भने कोभिडबाट मृत्युदर र संक्रमणमा कमी देखिए पनि उच्च जोखिम कायमै रहेको जनाएका छन् । उनीहरूले मुलुकमा खोप लगाउन सुरु भएको भन्दै स्वास्थ्य लापरबाही बढेकामा चिन्तासमेत व्यक्त गरेका छन् ।

    स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा। कृष्णप्रसाद पौडेल बिहीबार एक जनाको पनि मृत्यु नहुनु सकारात्मक भए पनि यही आधारमा केही निष्कर्ष निकाल्न नसकिने बताउँछन् ।

    उनी भन्छन्–‘देशभर संक्रमणको ट्रेन्ड (प्रवृत्ति) घटेको छ तर जोखिम घटेको देखिँदैन, दिनहुँ भीडभाड भइरहेकै छ ।’

    स्वास्थ्य मन्त्रालयले पनि संक्रमितको संख्या कम हुँदा सहज जस्तो देखिए पनि उच्च जोखिम कायमै रहेको जनाइसकेके छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले खोप आइसके पनि मास्क, सामाजिक दूरी, हातको सरसफाइ जस्ता जनस्वास्थ्यको मापदण्ड अपनाउनुपर्नेमा जोड दिएका छन् ।

    बिहीबार ३ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा २ सय १३ जना अर्थात् ५.६१ प्रतिशतमा कोभिड संक्रमण देखिएको थियो ।

    यसले के देखाउँछ भने संक्रमितको संख्यामा मात्र कमी आएको नभई केही समययता देशभरि नै कोभिड परीक्षणमा व्यापक कमी देखिएको छ ।

    देशभरिमा सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३ छ । तीमध्ये १ सय ४६ जना आईसीयू र २६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार