Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना नियन्त्रण व्यवस्थापनमा कुन देश कति नम्बरमा ?

    कोरोना नियन्त्रण व्यवस्थापनमा कुन देश कति नम्बरमा ?

    अमेरिका र भारतको भन्दा नेपालको व्यवस्थापन राम्रो

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । सन २०२० को डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर नै फैलिएको छ ।

    महामारी फैलिएको १ वर्ष नाघिसक्दा पनि अझै नियन्त्रणमा आउन सकेको छैन । तर, कतिपय देशहरुले भने केही हदसम्म महामारी नियन्त्रण गरेका छन् ।



    महामारी नियन्त्रणमा कुन देशको व्यवस्थापन कस्तो रह्यो भन्ने विषयमा अष्ट्रेलियाको सिड्नीस्थित थिंक ट्याङ्क लोवी इन्स्टीच्युटले अध्ययन गरेको छ ।



    इन्स्टीच्युट ९८ देशलाई यस अध्ययनमा समावेश गरेको छ।

    उक्त अध्ययन अनुसार कोभिड नियन्त्रण व्यवस्थापनमा न्युजिल्यान्ड पहिलो नम्बरमा रहेको उल्लेख छ भने सफल पाँच देशको सूचीमा क्रमशः न्युजिल्यान्डसँगै भियातनाम, ताइवान, थाइल्यान्ड र साइप्रस परेका छन्।

    यो व्यवस्थापनमा छिमेकी मुलुक भारत ८६ नम्बरमा पर्दा नेपाल भने ७० औं नम्बरमा परेको छ।

    यद्यपि, जहाँबाट कोरोना शुरु भयो त्यो देश भने अध्ययनमा समावेश छैन।

    संक्रमित संख्या, मृत्यु भएका संख्या, प्रति मिलियनमा संक्रमित संख्या, प्रति मिलियनमा मृत संख्या र परीक्षणलाई अध्ययनको आधार बनाइएको बताइएको छ।

    इन्स्टीच्युटका अनुसार कोरोना शुरु भएदेखि यही जनवरी ९ सम्मको तथ्यांकलाई अध्ययनमा समावेश गरिएको लेवीले जनायो।

    इन्स्टीच्युटले पाँच देशलाई व्यवस्थापन राम्रो नभएको देशको रुपमा प्रस्तुत गरेको छ।

    जसमा क्रमश ब्राजिल, मेक्सिको, कोलम्बिया, इरानमा, अमेरिका रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार