Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ओलीलाई निर्वाचन आयोगले धक्का दियो : माधव नेपाल

    ओलीलाई निर्वाचन आयोगले धक्का दियो : माधव नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई धक्का दिएको बताएका छन् ।

    संसद विघटनको विरोधमा शुक्रवार नेकपाले विराटनगरमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले मनोनयन गरेका केन्द्रीय सदस्यलाई आयोगले अवैध घोषणा गरिदिएको बताए ।



    ‘निर्वाचन आयोगले ओलीलाई धक्का दिएको छ, सडकछाप पार्टीको १५०० केन्द्रीय सदस्यलाई मान्यता दिएको छैन । बाटाबाटामा डम्फु बजाउँदै केन्द्रीय सदस्य बनाइएका सदस्यको बेहाल, बिजोक, घर न घाट भएको छ,’ नेपालले भने, ‘आयोगले पछारिसकेपछि पनि खुट्टा उचालेर मेरो खुट्टामाथि छ भन्दै हुनुहुन्छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार