Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • विद्युत प्राधिकरणका चारजान कर्मचारी घुससहित पक्राउ

    विद्युत प्राधिकरणका चारजान कर्मचारी घुससहित पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 5K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका चारजना कर्मचारीलाई पक्राउ गरेको छ ।

    आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा धनुषाको मिथिला नगरपालिकाबाट उनीहरुलाई शुक्रबार साँझ ५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।



    पक्राउ पर्नेमा नेपाल विद्युत प्राधिकरण सखुवा वितरण केन्द्र महेन्द्रनगर अन्तर्गत ढल्केबर फ्युज सेवामा कार्यरत सुपरभाइजर जगतनारायण साह, इलेक्ट्रिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिक नवलकिशोर राउत र दोस्रो तहका करार कर्मचारी मनोहरकुमार महतो छन् ।



    उनिहरुलाई मिथिला नगरपालिका-५ स्थित रन्जितकुमार महतोको पोल्ट्री फार्ममा नयाँ मिटर जडानका लागि ५ हजार रुपैयाँ घुस लिने क्रममा पक्राउ गरिएको अख्तियारले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार