Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ओली चितवन आउनु अघि नै सडकमा टायर बालेर विरोध प्रदर्शन

    ओली चितवन आउनु अघि नै सडकमा टायर बालेर विरोध प्रदर्शन

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 2.8K
    SHARES

    चितवन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली चितवन आउने पुर्वसन्ध्यामा बिहानैदेखी विरोध सुरु भएको छ । अनेरास्वीयू चितवन सम्बद्ध विद्यार्थीहरुले सडकमा टायर बालेर विरोध गरेका छन् ।

    नारायणगढ बजारसहित जिल्लाका ठाँउ ठाँउमा शन्तिपूर्ण तवरले कालोपत्रे सडकमा पर्चा फाल्दै विरोध गरेका हुन् । उनीहरु आँपटारी र गोन्द्रगंमा टायर बालेर नाराबाजीसहित विरोधमा उत्रिएका थिए । उनीहरु असंवैधानिक कद खारेज गर, प्रतिगामीहरु होसियार, पार्टी एकता जिन्दावाद लगायतका नारा लेखिएको कालो पत्र सडक भरि फालेका छन् ।



    प्रधानमन्त्रीले भरतपुरका महत्वपूर्ण आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ सडक विस्तारको शिलान्याससगैँ जनसभा गर्न चितवन आउन लागेका हुन् । जनसभालाई प्रधानमन्त्री ओलीसहित, उपप्रधानमन्त्री इश्वर पोखरेल गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साहलगायतका नेतो सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



    सो क्रममा विद्यार्थीहरुले प्रतिनिधिसभा विघटन विरुद्ध नारा लेखिएका पर्चापम्पलेट समेत वितरण गरेका छन् ।  प्रधानमन्त्री ओली चितवन आउने भएपछि स्थानिय प्रशासनले भरतपुरको विभिन्न चौकमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । नगरको सुरक्षा व्यवस्था निकै कडा बनाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार