Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेकपा विभाजनको असर : निर्माणाधीन पुलको शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेल

    नेकपा विभाजनको असर : निर्माणाधीन पुलको शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेल

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 2.6K
    SHARES

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनको असर विकास निर्माणका काममा समेत देखिन थालेको छ ।

    रोल्पामा विकास निर्माणको कामको जस लिन धमाधम निर्माणकार्य भइरहेको पुलको शिलान्यास कार्यक्रम आयोजना गरिएको पाइएको छ । सदरमुकाम लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुलको नेकपा ओली समूहका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गर्न लागेका हुन् । पोखरेलले शनिबार (आज) पुल शिलान्यास गर्ने कार्यक्रम छ ।



    प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरी शुक्रवारै लिवाङ आइसकेका छन् । सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिक/राज जेभीबीच गत असोजमा निर्माण सम्झौता भएको भएर निर्माणकार्य जारी रहेको उक्त कार्यालयका प्रमुख नवीनकुमार श्रेष्ठले जानकारी दिए ।



    लिवाङ र रोल्पा नगरपालिका–९ लाई पक्की सडकसँग जोड्ने उक्त पुलको ७ मंसिरदेखि निर्माणकार्य शुरू भएको थियो । उनका अनुसार २५ प्रतिशत काम सम्पन्न भएर निर्माण पक्षलाई भ्याटसहित ५ करोड ६१ लाख रुपैयाँ भुक्तानीसमेत दिइसकिएको छ ।

    सामान्यतया कुनै पनि विकास कार्यको शिलान्यास गरेपछि निर्माण शुरू गरिन्छ । तर, २५ प्रतिशत निर्माणकार्य सकिएको पुलको शिलान्यास गर्ने बहानामा आफ्नो गुट भेला आयोजना गरेको भन्दै प्रचण्ड–नेपाल समूहले आपत्ति जनाएको छ ।

    नेकपाका रोल्पा इन्चार्ज दीपेन्द्र पुन (सिजल) ले गुट भेलाका नाममा बोलाउँदा जनता उपस्थित नहुने भएपछि बन्दै गरेको पुल शिलान्यासको बहानामा ओली पक्षको भेला आयोजना गरिएको टिप्पणी गरे ।

    ‘उहाँहरुका पक्षमा जनता छैनन्, गुटको कार्यक्रम भन्दा कोही आउँदैनन्’, पुनले भने, ‘सरकारका साधनस्रोत दुरुपयोग गरेर विकासका नाममा झुक्याएर मानिस बोलाउने र आफ्नो गुट विस्तारको प्रयास भएको छ ।

    निर्माण सम्पन्न भएर उद्घाटन गर्नुपर्ने पुलको तामधामसहित शिलान्यास गर्न लागिएको भन्दै पुनले आपत्ति जनाए ।

    उनले यसअघि मुख्यमन्त्री पोखरेल सहभागी ओली समूहको जिल्ला भेलामा ४३ जना सहभागी भएको भन्दै गुट निर्माणका लागि पुल शिलान्यासको बहाना गरिएको टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार