Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • महेश बस्नेतद्धारा गगन थापालाई ‘छट्टु कांग्रेस’को संज्ञा

    महेश बस्नेतद्धारा गगन थापालाई ‘छट्टु कांग्रेस’को संज्ञा

    अनलाइन नेपाल
  • आइतबार, १८ माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले नेपाली कांग्रेसका युवा नेता गगन थापालाई ‘छट्टु कांग्रेस’को संज्ञा दिएका छन् ।

    नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले गगन थापा र रामचन्द्र पौडेलहरू निर्वाचन नै नगरी सत्तामा जाने खेलमा लागेको आरोप समेत लगाए ।



    गगन र रामचन्द्रलाई निर्वाचनबाट प्रतिस्पर्धा गरेर जितेर आउन चुनौति दिंदै उनले भने–‘कांग्रेसभित्र ‘लड्डु कांग्रेस’ र ‘छट्टु कांग्रेस’ भनेर प्रचार गरिएको छ ।’



    कांग्रेस निर्वाचनमा जाने मनस्थितिमा भए पनि रामचन्द्रजी र गगनजीले लड्डु कांग्रेसको ब्याख्या गर्दै निर्वाचन नजितिकन पुनःस्थापना गरेरै आफू सत्तामा जाने र कांग्रेसभित्रको महाधिवेशनबाट पार्टी कब्जा गर्ने मनसाय बोकेको उनको आरोप थियो ।

    मुलुक निर्वाचनमा गइसकेको बताउँदै उनले भने–‘सर्वोच्च अदालतले एउटा फैसला दिन्छ । सबै शक्तिहरू सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन् । सर्वोच्च अदालतले निर्वाचनको पक्षमा फैसला दियो भने निर्वाचनको माहोल बनिहाल्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार