Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोनाबाट विदेशमा थप ३ जनाको मृत्यु

    कोरोनाबाट विदेशमा थप ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १८ माघ २०७७
  • 2.8K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ ।

    यो साता युकेमा ३ जनाको काेराेना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएकाे छ । यो सहित विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ ।



    संघका अनुसार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।



    संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार