Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नक्कली कागजात बनाएर ठगी गर्ने ४ जना पक्राउ

    नक्कली कागजात बनाएर ठगी गर्ने ४ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 2.3K
    SHARES

    फाइल तस्विर

    जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले नक्कली कागजात बनाएर ठगी गर्ने ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका–९ घर भई नेपालगन्ज उपमहानगरपालिका–१८ बस्ने २६ वर्षीय यज्ञप्रसाद रेग्मी र ३३ वर्षीय लक्ष्मीप्रसाद हमाल, जाजरकोट बारेकोट गाउँपालिका–१, रामीडाँडाका ४० वर्षीय हरिचन्द्र बस्नेत र सोही ठाउँका ३३ वर्षीय मानबहादुर महतारा रहेका जिल्ला प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए ।

    पक्राउ परेकाहरुले ग्रामीण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल संस्थाबाट नक्कली कागजात बनाएर सोलार र सुधारिएको चुलो वितरणका लागि भन्दै रकम संकलन गरेर ठगी गर्ने गरेका प्रहरीले जनाएको छ ।



    उनीहरुलाई नलगाड नगरपालिकाले अनमुति दिएपछि वडाध्यक्षहरुले प्रत्येक घरधुरीबाट ३ हजार ७ सय ५० रुपैयाँ संकलन गरी बैंकमा जम्मा गरिदिएका थिए । अति विपन्न परिवारका लागि ८० वाट क्षमताको सोलार र ३५ केजीको सुधारिएको चुलो जडान गरिदिने जनाइएको थियो ।



    पक्राउ परेकाहरुले २५ हजार मूल्यको सोलार र २१ हजार २ सय ५० रुपैयाँको चुलो वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र ग्रामीण विकास तथा क्लिन इन्भरमेन्टले व्यहोर्ने भन्दै झुक्याएका थिए । वडाध्यक्षहरुलाई पनि रकम बुझेको नगदी रसिद नदिएर सामान बुझेको भर्पाई उनीहरुले गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार