Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पशुपतिनाथमा सुनको जलहरि लगाउन अपुग भएकाले ३० करोड दिन लागिएको हो : संस्कृतिमन्त्री ढकाल

    पशुपतिनाथमा सुनको जलहरि लगाउन अपुग भएकाले ३० करोड दिन लागिएको हो : संस्कृतिमन्त्री ढकाल

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 2.3K
    SHARES

    विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि लगाउनका लागि पशुपति क्षेत्र विकास कोषसँग ५० करोड रकम अपुग भएकाले ३० करोड रुपैयाँ सरकारले दिन लागेको बताएका छन् ।

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्दिरमा चढाइएको पानी तल जाने र त्यसले मन्दिरको भौतिक संरचनामा असर गर्ने हुनाले पुरानो निर्णयानुसार नै जलहरि लगाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।



    मन्त्री ढकालले सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को यही माघ २३ गते हुने आमसभाका लागि फराकिलो ठाउँ चाहिएकाले नारायणहिटी दरबार मार्ग क्षेत्र रोजिएको स्पष्ट गरे । उनले संवैधानिक परिषद्को सिफारिस फिर्ताले केही असर नगर्ने जनाउँदै परिषद्को निर्णयअनुसार नै नियुक्ति हुने बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार