Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सशस्त्रका आईजीपी प्रचण्डतिर ढल्किएपछि ओलीले बनाए यस्तो योजना

    सशस्त्रका आईजीपी प्रचण्डतिर ढल्किएपछि ओलीले बनाए यस्तो योजना

    अनलाइन नेपाल
  • मंगलबार, २० माघ २०७७
  • 8.5K
    SHARES

    काठमाडौं । सरकारले हालै स्वीकृत गरेको बिशिष्ट व्यक्तिको सुरक्षासम्बन्धि कार्यविधिले प्रहरीमा हंगामा मच्चिएको छ । प्रहरी महानिरीक्षक बाहेक कुनै पनि पूर्व प्रहरी अधिकारीलाई सुरक्षा नदिने प्रावधान कार्यविधिमा राखिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा यसले तरंग उत्पन्न गरेको छ ।

    कार्यविधिअनुसार अब पूर्व प्रहरी अधिकारीले प्रयोग गर्दै आएका प्रहरी फिर्ता बोलाउनुपर्छ । कार्यविधिअनुसार आफ्नै पूर्व हाकिमलाई चिढ्याएर हालका प्रहरी प्रमुखले त्यसरी सुरक्षाकर्मी फिर्ता बोलाउन सक्लान् ?



    नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्व डिआइजीसम्मले सुरक्षाकर्मी प्रयोग गर्दै आएका छन् । कतिपयले चालकका रुपमा त कतिपयले घरमा सहयोगीका रुपमा छ । दुवै सुरक्षा निकायमा गरेर पाँच सय भन्दा धेरै प्रहरी पूर्व हाकिमको घरमा छन् ।



    उनीहरुलाई फर्काउन सके सुरक्षामा सहयोग पुग्ने देखिन्छ । कार्यविधिले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई तनाव बढेको छ ।

    कार्यविधिअनुसार पूर्व प्रहरी महानिरीक्षकले पनि चार वर्षसम्म मात्र सुरक्षाकर्मी पाउनेछन् । जसअनुसार तीन जना बाहेक सबै पूर्व प्रहरी प्रमुखको घरबाट सुरक्षाकर्मी फिर्ता बोलाउनुपर्ने हुन्छ । पूर्व प्रहरी प्रमुखले समेत सुरक्षा नपाउने यस्तो निर्णयको प्रहरीमा आलोचना समेत भइरहेको छ । यस्तो अवस्था यो कार्यान्वायन हुनेमा भने आशका गरिएको छ ।

    उता सशस्त्रका महानिरीक्षक खनाल पछिल्लो समय प्रधानमन्त्री ओली निकटस्थलको चाकडीमा लागेको चर्चा संगठनमा छ । विगतमा प्रचण्ड निकट रहेका उनी अहिले पार्टी विभाजनसँगै तनावमा परेका छन् ।

    एआइजी पुष्पराम केसीको प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालसँग निकट सम्बन्ध भएकाले सशस्त्र प्रहरी नियमावली संशोधन गरी महानिरीक्षकको पदावधि तीन वर्ष बनाएर आफुलाई हटाउन सक्ने चिन्ता खनाललाई छ । दृष्टिबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार