Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • पाकिस्तानमा सडक दुर्घटना, १४ जनाको मृत्यु

    पाकिस्तानमा सडक दुर्घटना, १४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २० माघ २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    एजेन्सी । पाकिस्तानको दक्षिणपश्च्मि बलोचिस्तान प्रान्तमा मङ्गलबार भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार उक्त दुर्घटनामा अरु नौ जना गम्भीर घाइते भएका छन् । दक्षिणी शहर कराँचीतर्फ गइरहेको यात्रुबाहक बस कमजोर प्रकाशका कारण मुख्य राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो ।



    घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था निकै चिन्ताजनक रहेको छ ।



    घटनामा परी ज्यान गुमाएकामध्ये चार जना महिला र पाँच जना बच्चाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार