Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बाइडेन अमेरिकाको राष्ट्रपति बनेलगत्तै एफबिआईका दुई  एजेन्टको गोली हानी हत्या

    बाइडेन अमेरिकाको राष्ट्रपति बनेलगत्तै एफबिआईका दुई  एजेन्टको गोली हानी हत्या

    अनलाइन नेपाल
  • बुधबार, २१ माघ २०७७
  • 2.8K
    SHARES

    एजेन्सी। जो बाइडेन  राष्ट्रपति बनेकै बेला संयुक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआई)का दुई  एजेन्टको गोली हानी हत्या भएको छ ।

    समाचार संस्था रोयटर्सका अनुसार तीन जना घाईते भएका छन् ।  दुई जनाको अवस्था स्थिर छ । फ्लोरिडा राज्यको एउटा घरमा जाँदा उनीहरूमाथि गोली हानिएको रोयटर्सले जनाएको छ । मंगलबार बिहान ६ बजे गोली हानिएको समाचारमा उल्लेख छ ।



    सन् २००८ पछि अमेरिकामा कामको शिलशिलामा रहेका एफबिआई कर्मचारीको हत्या भएको यो पहिलो पटक हो।फ्लोरिडाको सनराइजस्थित एउटा घरमा बच्चाहरूमाथि अपराध भएको उजुरीका आधारमा अदालतले दिएको पक्राउ पुर्जी लिएर घरमा पुगेको बेला एजेन्टहरूमाथि गोली प्रहार भएको हो।



    गोली प्रहारबारे अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसकी प्रेस सेक्रेटरी जेन सोकीले घटनाबारे राष्ट्रपति जो बाइडेनलाई ब्रिफिङ भइसकेको बताएकी छन्।

    एफबिआई निर्देशक क्रिस्टोफर रेईले मृत्यु हुनेहरूमा डेनिअल अल्फिन र लाउरा च्वर्जेन्बर्गर रहेको जानकारी दिए।

    अदालतले बच्चाहरूलाई पोर्नोग्राफीमा लगाएको मुद्दामा संलग्नता भएको हुन सक्ने भन्दै उक्त घरमा बस्ने मानिसलाई पक्राउ गर्न भनेको थियो।

    एफबिआई एजेन्टहरू घरमा जानासाथ घरभित्र भएका मानिसले गोली हानेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार