Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • जुनियरलाई नमस्कार गर्नुपर्ने भएपछि अख्तियारबाट राजिनामा दिंदै जोशी

    जुनियरलाई नमस्कार गर्नुपर्ने भएपछि अख्तियारबाट राजिनामा दिंदै जोशी

    अनलाइन नेपाल
  • बुधबार, २१ माघ २०७७
  • 5.8K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व गृहसचिव प्रेमकुमार राईको नियुक्ति भएसँगै कार्यवाहक अध्यक्ष डा. गणेशराज जोशीले राजिनामा दिने भएका छन् ।

    आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका राईको मातहतमा बसेर आफुले काम गर्न नसक्ने कारण देखाउँदै उनले आजै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई राजिनामा बुझाउने तयारी गरेको स्रोतको दावी छ ।



    राई जोशीभन्दा जुनियर अधिकृत हुनन् । विगतमा राई जोशीकै मातहतमा आयोगका सचिवका रुपमा काम गरेका थिए ।



    त्यसैले अहिले जुनियरको मातहतमा बसेर काम गर्न नसक्ने भन्दै उनले राजिनामा दिन लागेका हुन् ।

    जोशी बुधबार कार्यालय गएका छैनन् । जोशी सँगै आयोगकी आयुक्त डा. सावित्री थापा गुरुङले राजिना दिने सम्भावना रहेको अख्तियार स्रोतको दावी छ ।

    अख्तियारमा नियुक्त भएका प्रमुख आयुक्त प्रेम कुमार राई, आयुक्तहरु जयबहादुर चन्द र किशोर कुमार सिलवालले आज दिउँसो साढे १२ बजे आयोगमा पदभार ग्रहण गर्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार