Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेपालमा कोरोना खोप लगाउनेको संख्या १ लाख २८ हजार नाघ्यो

    नेपालमा कोरोना खोप लगाउनेको संख्या १ लाख २८ हजार नाघ्यो

    अनलाइन नेपाल
  • बुधबार, २१ माघ २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना खोप लगाउनेको संख्या १ लाख २८ हजार ६ सय ५० जना पुगेको छ । खोप अभियानको सातौं दिनसम्म देशभरका २ सय १ बुथबाट १ लाख २८ हजार ६ सय ५० जनाले कोरोना भाइरसविरूद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार हालसम्म खोप लगाएका कुनै पनि व्यक्तिमा गम्भीर लक्षण देखिएको छैन् । ज्वरो तथा केही असहज अवस्था आए आराम गर्नुपर्ने जनाउँदै मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले सामान्य लक्षण केही समयपछि आफै ठिक हुने बताए ।



    उनका अनुसार यो खोप पनि अरू खोप लगाउँदा जस्तै सामान्य असर देखिन सक्छ । खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, मांसपेशी वा जोर्नी दुख्ने, बान्ता आउने आदि हुन सक्छ ।



    माघ १४ गते सुरु गरिएको खोप अभियानमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवाप्रदायक गरी आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाउने मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार