Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अवहेलना मुद्दा : प्रचण्डलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

    अवहेलना मुद्दा : प्रचण्डलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • बुधबार, २१ माघ २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

    प्रचण्डविरुद्ध अधिवक्ता समीर हायूले सोमबार सर्वोच्चमा दर्ता गराएको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको बुधबारको इजलासले लिखित जवाफ माग गर्ने आदेश गरेको हो । प्रचण्डविरुद्धको मुद्दामा मंगलबार नै सुनुवाइ हुने भनिए पनि हेर्न नभ्याइने भन्दै बुधबारका लागि पेसी सरिएको थियो ।



    निवेदनमा प्रचण्डले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।



    यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ । उनीहरूलाई आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार