Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • आम हड्तालको पूर्वसन्ध्यामा अनेरास्ववियुद्वारा राँके जुलुस

    आम हड्तालको पूर्वसन्ध्यामा अनेरास्ववियुद्वारा राँके जुलुस

    अनलाइन नेपाल
  • बुधबार, २१ माघ २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बुधबार साँझ काठमाडौंको प्रदर्शनीमार्गमा राँके जुलुस निकालेको छ ।

    प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीको कदमको विरोध गर्दै राँके जुलुस निकालिएको अनेरास्ववियुले जनाएको छ । भोलि बन्द सफल पारौं, केपी ओली मुर्दावाद, प्रतिगमन मुर्दावाद लगायतको नारासहित उनीहरुले राँके जुलुस निकालेका थिए ।



    नेकपा प्रचण्ड–नेपाल समूहले आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरेको र त्यसको पूर्व सन्ध्यमा राँके जुलुस निकालिएको हो ।



    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूह निरन्तर रुपमा आन्दोलनमा छ ।

    संसद विघटन विरुद्ध परेका एक दर्जनभन्दा बढी मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार