Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • इतिहासमै पहिलोपटक ५० हजार मेट्रिक टन युरिया कोलकाता आइपुग्यो

    इतिहासमै पहिलोपटक ५० हजार मेट्रिक टन युरिया कोलकाता आइपुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । भारतको कोलकाता बन्दगाहमा इतिहासमै पहिलोपटक एकसाथ ५० हजार मेट्रिकटन युरिया आइपुगेको छ ।

    सरकारी अनुदानको मल आयात तथा विक्री गर्दै आएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन दुवैको अनुभवमा यति ठूलो परिमाणमा रासायनिक मल एकैसाथ आएको यो नै पहिलो पटक हो ।



    यति मात्र नभएर कोलकाता बन्दरगाहका लागि पनि यो पहिलो अनुभव भएको बताइएको छ । आपूर्तिकर्ता कम्पनी जोशी बीज हाउसले आयात गरेको ५० हजार मेट्रिकटन युरिया मलमध्ये २० हजार मेट्रिकटन साल्ट ट्रेडिङ कर्पोरेशनको र बाँकी ३० हजार मेट्रिकटन कृषि सामग्री कम्पनी लिमिटेडको रहेको छ ।



    दुवै कम्पनीको आपूर्तिकर्ता कम्पनी एउटै रहेको र उसले एकैपटक आयात गर्दा ठूलो परिमाण देखिन गएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनका महाप्रबन्धक कुमार राजभण्डारीका अनुसार सरकारी अनुदानको मल यति ठूलो परिमाणमा आउनु नेपालका लागि पहिलो त हो नै, कोलकाता बन्दरगाहका लागि समेत पहिलो घटना हो । ‘यसअघि मल आयात गर्दा सानोसानो परिमाणमा आयात हुन्थ्यो । यसरी ठूलो परिमाणमा आएको यो नै पहिलोपटक हो,’ उनले भने ।

    उनका अनुसार साल्टले निरन्तर रूपमा आफ्नो जिम्मामा रहेको मल आयात गरिरहेको छ । कोलकातामा कुनै अवरोध नभएमा फागुनको दोस्रो सातासम्म साल्टले चालू आर्थिक वर्षका लागि आपूले आयात गर्न जिम्मा पाएको सबै मल आयात गरिसक्ने दाबी उनले गरे, आर्थिक अभियानमा प्रशान्त खड्काले लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार