Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेकपाले बहुमतको रक्षा गर्न नसक्दा देशमा संकट आयोः रामचन्द्र पौडेल

    नेकपाले बहुमतको रक्षा गर्न नसक्दा देशमा संकट आयोः रामचन्द्र पौडेल

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    पाल्पा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले जनताले दिएको बहुमतको रक्षा गर्न नसकेको बताएका छन् ।

    पाल्पाको रामपुरमा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपाली जनताले नेकपालाई बहुमतले जनमत दिएर पठाए पनि जनमतको रक्षा गर्न नसकेको बताए ।



    प्रतिनिधिसभा विघटनले देशमा अन्यन्तै ठूलो विषम परिस्थिति सिर्जना भएको र जनतामा निराशा छाएको उनको भनाइ थियो ।



    बहुमतको प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको प्रावधान संविधानमा नभएको जिकिर गर्दै उनले विश्वासको मत लिन नसकेका अवस्थामा मात्र विघटन गर्ने अधिकार रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार