Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बालबिवाह गरेको आरोपमा दाङबाट बेहुला पक्राउ

    बालबिवाह गरेको आरोपमा दाङबाट बेहुला पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 4K
    SHARES

    सांकेतिक तस्विर

    दाङ । जिल्ला प्रहरी कार्यालय दाङले बालबिवाह गरेको आरोपमा बेहुलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही ९ बस्ने २८ वसन्त चौधरी रहेको प्रहरीले जनाएको छ ।

    चौधरीले केहि दिनअगाडि घोराही १० नारायणपुरकी एक बालिकासँग बिवाह गरेका थिए । बाल बिवाहबारे स्थानीयले उजुरी दिएपछि बेहुला र बेहुलीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।



    पक्राउ परेका चौधरीले माघ १० गते नारायणपुरबाट बिहे गरेको र माघ २२ गते माइती पक्षले भित्र्याएको प्रहरीलाई बयान दिएका थिए ।
    उनले बेहुलीलाई अभिभावकको जिम्मा लगाएर छाडिएको र बेहुला प्रहरी हिरासतमा रहेको प्रहरीले जानकारी दिएको छ।



    दाङका डिएसपी तथा प्रवक्ता मुकुन्द रिजालका अनुसारप्रहरीको मुद्दा फाटले केटी पक्षलाई जन्म दर्तासहित उमेर खुल्ने कागज ल्याउन भनिसकेको र उमेर खुल्ने कागज आएर बाल बिवाह गरेको देखिएमा कानुनी प्रकृया अघि बढ्ने बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार