Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • घुस लिने प्रहरी हवल्दारविरूद्ध मुद्दा दायर

    घुस लिने प्रहरी हवल्दारविरूद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिने प्रहरी हवल्दारविरूद्ध मुद्दा दायर गरेको छ । आयोगले ईलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँकी प्रहरी हवल्दार शान्ति भण्डारीविरूद्ध आरोपपत्र दायर गरेको हो।

    शुक्रबार काठमाडौंको विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । महिला तथा बालबालिका सेवा, केन्द्रमा कार्यरत भण्डारीले नियन्त्रणमा लिइएका व्यक्तिलाई छुटाइदिएबापत सेवाग्राहीसँग घुस मागेकी थिइन् ।



    सोही सूचनाको आधारमा पोखराबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १० हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।



    उनले घुस लिएको पुष्टि भएपछि अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो । उनीविरूद्ध बिगो १० हजार कायम गरी ३ महिनासम्म कैद सजायको मागदाबी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार