Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २४ माघ २०७७
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दाङमा २ जनाको मृत्यु भएको छ ।

    दंगिशरण गाउँपालिका ३ का २५ वर्षीय विवेक थापा र दंगिशरण गाउँपालिका ४ का २६ वर्षीय दिनेश खड्काको मृत्यु भएको जिल्ला प्रहरी जनाएको छ । त्यस्तै मोटरसाइकलमा सवार २४ वर्षीय आकाश कँडेल भने घाइते भएको जिल्ला प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।



    तुलसीपुरबाट पश्‍चिमतर्फ जाँदै गरेको रा १ त ३४४१ नम्बरको ट्याक्टरले पश्चिमबाट तुलसीपुर तर्फ जाँदै गरेको रा ६ प १४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा घाइते थापा र खड्काको कोहरपुल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार