Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • म्यानमारमा ट्विटर र इन्स्टाग्राम पनि बन्द

    म्यानमारमा ट्विटर र इन्स्टाग्राम पनि बन्द

    अनलाइन नेपाल
  • शनिबार, २४ माघ २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । सैन्य कूको विरोधमा यतिबेला म्यानमारमा आन्दोलन चर्किइरहेको छ ।

    यहि बेला म्यानमारको सेनाले ट्विटर र इन्स्टाग्राम प्रयोगमा समेत प्रतिबन्ध लगाइएको छ । यसअघि फेसबुक एप्स ब्लक गरिएको थियो ।



    सैन्य कूको विरोध गरिरहेका मानिसहरू विरोध प्रदर्शनको भिडियो एवं तस्वीरहरू सामाजिक सञ्चालमा पोस्ट गरेको पाइएपछि सेनाले शनिबार बन्द गराएको हो ।



    शुक्रबार म्यानमारको सञ्चार मन्त्रालयले देशमा मोबाइल नेटवर्क र इन्टरनेट सेवा प्रदायकहरूलाई ट्विटर र इन्स्टाग्राम ब्लक गर्न निर्देशन दिएको थियो ।

    नर्वेजियन कम्पनी टेलिनरलाई उद्धृत गर्दै सीएनएनले यसबारे उल्लेख गरेको छ । टेलिनरले म्यानमारमा पनि मोबाइल सेवाहरू प्रदान गर्दै आएको छ ।

    म्यानमारको यस कदमलाई ट्विटरले र फेसबुकले भने विरोध गरेका छन् ।

    ट्विटरका प्रवक्ताले ‘यो मानिसको आवाज दबाउने खालको निर्णय हो ।’ भनेको छन् भने फेसबुकले ‘म्यानमारका मानिस परिवार र साथीसँग कुराकानी गर्न सकून् र आवश्यक जानकारीको प्रयोग गर्न सकून्, हामी यही चाहन्छौँ ।’ भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार