Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ९९ जनामा कोरोना पुष्टि हुँदा २४८ जना डिस्चार्ज, मृत्यु शून्य

    ९९ जनामा कोरोना पुष्टि हुँदा २४८ जना डिस्चार्ज, मृत्यु शून्य

    अनलाइन नेपाल
  • शनिबार, २४ माघ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९९ जनामा संक्रमण पुष्टि भएको छ ।

    योसँगै देशभर कोरोना संक्रमतिको कुल संख्या दुई लाख ७१ हजार ८ सय ६ पुगेको छ ।



    यस्तै, पछिल्लो २४ घण्टामा २४८ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६७ हजार ८ सय १२ पुगेको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर एक हजार ९५९ जना आइसोलेसनमा र ९५ जना क्वारेन्टिनमा रहेका जनाएको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन ।

    कोरोना संक्रमण उच्च विन्दुमा पुगेयता मृत्यु शून्य भएको यो तेस्रोपटक हो ।

    कोरोनाका कारण देशभर हालसम्म दुई हजार ३५ जनाको मृत्यु भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार