Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कनिष्ठलाई बढुवा गरेको भन्दै राष्ट्र बैंकमा विरोध

    कनिष्ठलाई बढुवा गरेको भन्दै राष्ट्र बैंकमा विरोध

    अनलाइन नेपाल
  • आइतबार, २५ माघ २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ — रोलक्रममा कनिष्ठ कर्मचारीलाई बढुवा गरेको भन्दै राष्ट्र बैंकका कर्मचारी विरोधमा उत्रिएका छन् । राष्ट्र बैंकमा सक्रिय कर्मचारी संगठनहरूले गभर्नरको कार्यालय घेराउदेखि विरोधपत्र बुझाउनेसम्मका कार्यक्रम गरेका छन् ।

    केही दिनअघि आन्तरिक मूल्यांकनका आधारमा गरिएको कर्मचारी बढुवा प्रक्रियामा वरीयतामा ६०औं स्थानमा रहेका जगदीश कुमारलाई १४औं नम्बरमा ल्याएर बढुवा गरेको कर्मचारी संगठनको आरोप छ । नियमन विभागमा सहायक निर्देशक पदमा कार्यरत जगदीश २०६९ सालमा राष्ट्र बैंकको जागिरमा प्रवेश गरेका हुन् । स्रोतका अनुसार उनी राष्ट्र बैंकका सञ्चालक सुबोधकुमार कर्णसँग निकट छन् । पटकपटक लिखित परीक्षा दिँदा पनि सफल नभएका जगदीशलाई कर्णकै दबाबमा बढुवा गरेको संगठनहरूको गुनासो छ ।



    नेकपा निकट कर्मचारीहरूकै संगठन नेपाल राष्ट्र बैंक कर्मचारी संघले गभर्नर महाप्रसाद अधिकारीलाई विरोधपत्र बुझाएका छन् । साढे दुई दशक काम गरेका दक्ष कर्मचारीलाई बेवास्ता गर्दै कनिष्ठ कर्मचारीलाई बढुवा गरेर राष्ट्र बैंकको गरिमामै आँच आउने काम गरेको विरोधपत्रमा उल्लेख छ । ‘हाल संस्थाबाट प्रकाशित अधिकृत द्वितीय पदको पदोन्नतिको नतिजाले आम कर्मचारीलाई विगतका कालारात्रिको पुनः स्मरण गराएको छ,’ विरोधपत्रमा भनिएको छ, ‘संस्थाले सुम्पिएको जिम्मेवारी र अधिकारलाई आफ्नै प्रतीक सम्पत्ति ठान्दै मातहतका कर्मचारीलाई आस्थाका आधारमा विरोध गरी केही अराजक पात्रलाई मात्र स्थान दिनु खेदजनक छ ।’



    व्यवस्थापले निष्पक्ष रूपमा निर्णय नगरेकाले आफूहरू विरोधमा उत्रिएको राष्ट्र बैंक कर्मचारी संघका कावा अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले बताए । ‘व्यवस्थापनबाट यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता मागेका छौं,’ उनले भने, ‘राम्रा र क्षमतावान् मान्छेलाई बेवास्ता गर्दै भनसुनका आधारमा सीमित मान्छेलाई अघि बढाउनु भएन ।’ आन्तरिक मूल्यांकनका आधारमा कर्मचारीको बढुवा गरिने नियमित प्रक्रिया भएको र सो काम नियमित र कानुनसम्मत नै भएको गभर्नर अधिकारीको भनाइ छ । ‘व्यवस्थापनले नियमसंगत योग्यता पुगेका कर्मचारीलाई नै बढुवा गरेको हो,’ उनले भने । बैंक व्यवस्थापनले रिक्त उपनिर्देशक पदमा कार्यसम्पादन मूल्यांकनमा १ सय ८९.७१ अंक प्राप्त गर्ने १५ जना सहायक निर्देशकलाई बढुवा गरिएको जनाएको छ । कान्तिपुरर दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार