Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • संवैधानिक नियुक्तिविरूद्ध सभामुखले दर्ता गराएको रिट न्यायाधीश ढुंगानाको बेञ्चमा

    संवैधानिक नियुक्तिविरूद्ध सभामुखले दर्ता गराएको रिट न्यायाधीश ढुंगानाको बेञ्चमा

    अनलाइन नेपाल
  • आइतबार, २५ माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दर्ता गराएको संवैधानिक नियुक्तिविरूद्धकाे रिटको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशमा हुने भएको छ ।

    सभामुख सापकोटाले गत शुक्रबार संवैधानिक निकायमा गरिएको नियुक्तिबिरुद्ध राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीस चाेलेन्द्र समशेर जबरासहित ३९ जनालाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए ।



    न्यायाधीश ढुंगानाको चार नम्बर इजलासमा ‘ग’ नम्बरमा रिटको पेशी राखिएको छ । सभामुख साेपकाेटाको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र अधिवक्ता टिकाराम भट्टराईलगायतले बहस गर्दैछन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार