Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोनाबाट थप ७ जनाको मृत्यु

    कोरोनाबाट थप ७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २६ माघ २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस्तै नेपालमा आज थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा १९४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६८ हजार २६६ पुगेको छ ।



    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७४४ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार