Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • भारतमा हिमनदी विस्फोट : अझै ११ जना नेपाली बेपत्ता

    भारतमा हिमनदी विस्फोट : अझै ११ जना नेपाली बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, २७ माघ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुटेर धौलीगंगालगायतका नदीहरुमा आएको बाढीमा परी अझै ११ जना नेपालीहरु बेपत्ता छन् ।

    उत्तराखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको हराइरहेका १७५ जनाको सूचीमा एघार जना नेपाली रहेका छन् ।



    सूचीमा तिनीहरुलाई नेपाली भनिए पनि एक जनाको मात्र ठेगाना खुलेको छ ।



    हराइरहेका नेपालीहरुमध्ये तीन जना तपोवनस्थित एनटीपीसीको जलविद्युत् आयोजना, सात जना ऋषिगंगा जलविद्युत परियोजनामा र एक जना रेणी गाउँमा मजदुरी गर्दै आएको जनाएएको छ ।

    तीमध्ये तपोवन आयोजनामा काम गर्ने सोहन चौधरीको मात्र नेपालको ठेगाना खुलाइएको छ । उनको ठेगाना कैलालीको टकापुर उल्लेख छ ।

    प्रहरीको सूचना अनुसार बेपत्ताहरुमा टीकापुर कैलालीका सोहन चौधरी रहेका छन् । त्यसैगरी स्थायी ठेगाना नखुलेका शंकर चौधरी , विष्णु मल्ल, गणेश नेपाली, जंगबहादुर नेपाली, गोविन्द सिंह, रणजित सिंह, शंकर, मकर सिंह, मदन सिंह र रमेश रहेका छन् ।

    यसअघि बेपत्ता भएका भनिएकाहरुमध्ये चार जना नेपालीको जीवितै उद्धार गरिएको थियो ।

    उनीहरु धौलीगगांमा आएको बाढीले बगाएर ल्याएको हिलो र ढुंगाले निर्माणाधीन सुरुङमा फसेका थिए ।

    बिहान दस बजेदेखि थुनिएका उनीहरुलाई साँझ पाँच बजे उद्धार गरिएको थियो । उद्धार गरिएका नेपालीहरुमा चित्रबहादुर, बसन्तबहादुर, सन्तबहादुर र किरणबहादुर भएको खुलेको छ ।

    आइतबार बिहान उत्तराखण्डको जोशी मठ नजिक हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायतका नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाको रेणी र तपवोवन क्षेत्रमा ठूलो मात्रामा जीउधनको क्षति पुऱ्याएको छ ।

    हिम नदीको फुटेको क्षेत्र नजिकका दुई गाउँ पनि बगाएको छ । त्यसैगरी बाढीले जोशीमठ क्षेत्रमा चारवटा पुल पनि बगाएको बताइएको छ । बाढीका कारण चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार