Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रचण्ड–नेपाल समूहद्वारा काठमाडौंमा मार्चपास, भोलि बृहत प्रदर्शन

    प्रचण्ड–नेपाल समूहद्वारा काठमाडौंमा मार्चपास, भोलि बृहत प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, २७ माघ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले काठमाडौंमा मार्चपास गरेको छ ।

    बुधबार काठमाडौंमा आयोजना गरिएको बृहत जनप्रदर्शनअघि प्रचण्ड–नेपाल समूहका जनवर्गीय संगठनहरुले मार्चपास गरेका हुन् । मार्चपासमा रातो क्याप लगाएका युवाहरु सहभागी रहेका थिए ।



    प्रतिनिधिसभा विघटन लगायतका प्रधानमन्त्रीका असंवैधानिक तथा प्रतिगामी कदमविरुद्ध बुधबार प्रचण्ड–नेपाल समूहले बृहत जनप्रदर्शनसहितको विरोध सभा गर्दैछ ।



    विरोधसभा अघि उपत्यकाका ५ स्थानबाट जुलुस निकाल्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ ।

    उपत्यकाका पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट जुलुस निकाल्ने सो समूहले जनाएको छ । साथै जुलुसको को केन्द्रीय नेताहरुले कमाण्ड गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार