Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रहरीमा फेरी गुटबन्दी, शैलेशलाई हटाएर आइजीपी बन्ने खेलमा विश्वराज !

    प्रहरीमा फेरी गुटबन्दी, शैलेशलाई हटाएर आइजीपी बन्ने खेलमा विश्वराज !

    अनलाइन नेपाल
  • बुधबार, २८ माघ २०७७
  • 6K
    SHARES

    काठमाडौं । सर्वेन्द्र खनाल र उनका ब्याचीको अवकाशपछि नेपाल प्रहरीको नेतृत्व तहमा गुटबन्दीको समस्या समाधान भयो ।

    त्यसपछि ठाकुर ज्ञवाली छोटो अवधिका लागि आइजीपी भएकाले यो समस्या देखिएन ।



    गत असारमा प्रहरी महानिरीक्षक बनेका शैलेश थापा क्षेत्रीको नियुक्ति उदाहरणीय भयो । उनको बढुवामा कुनै अस्वस्थ प्रतिस्पर्धा भएन ।



    उनले सामूहिक नेतृत्वको अवधारणअनुसार संगठन चलाए । जसकारण नेतृत्वमा विगतमा जस्तो अनेक चलखेल र दौडधुप हुन पाएन । संगठनको नेतृत्वमा एकता देखियो ।

    तर, केही महिनायता प्रहरीमा फेरि प्रहरी नेतृत्वमा गुटबन्दीको समस्या देखिन थालेको छ । संगठनको चेन अफ कमाण्ड नमानी शक्तिकेन्द्रहरुलाई हात लिएर बढुवा भएका एआइजी विश्वराज पोखरेलका कारण प्रहरीमा यस्तो समस्या देखिएको हो ।

    आफ्नो लागि मन्त्रिपरिषद्बाट दरबन्दी नै थप्न लगाएर गत मंसिरमा उनको बढुवा भएको थियो । उनै पोखरेल अहिले महानिरीक्षक क्षेत्रीलाई हटाउने अभियानमा लागिसकेका छन् ।

    अब वैशाखमा हुने भनिएको चुनावमा प्रहरी नेतृत्वमा आफू आए सहयोग गर्ने भन्दै नेकपाको सत्तारुढ नेताहरुका उनी धाउन थालेका छन् ।

    अहिलेका आइजीपीबाट काम नचल्ने भन्दै प्रहरी महानिरीक्षक र अन्य एआइजीविरुद्ध कुरा लाउँदै दिनहुँ जसो उनी शक्तिकेन्द्र धाउन थालेको स्रोत बताउँछ ।

    यही कारण प्रहरी महानिरीक्षकसँगको उनको दुरी समेत बढेको छ । यही स्वभावका कारण महानिरीक्षक क्षेत्रीले कतिपय महत्वपूर्ण छलफलमा पोखरेललाई नराख्ने गरेका छन् ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेलको चलखेलमा नियमविपरीत दरबन्दी थपेर उनलाई बढुवा गरिएको थियो ।

    जबकि, संसदीय समितिले बढुवा नगर्न निर्देशन दिएको थियो । आगामी चुनावमा उनले सहयोग गर्ने भन्दै उपप्रधानमन्त्री पोखरेलले सबैलाई विश्वासमा पारेर विश्वराजको यसरी बढुवा गराएका थिए ।

    अब चुनाव अघि नै हुने भएपछि चुनावअघि नै आफूलाई महानिरीक्षक बनाउने खेलमा उनी लागेका छन् ।

    संगठनलाई बर्बाद बनाएर आफ्नो एकल स्वार्थपूर्तिमा लागेपछि प्रहरी मुख्यालयमा समेत उनी एक्लिएका छन् ।

    सर्वोच्चको फैसलापछि यो सरकार नरहन सक्ने र नयाँ सरकार बनेपछि आफू महानिरीक्षक हुने सम्भावना कम भएकाले पनि उनले अहिले नै यस्तो दौडधुप गरेका हुन् । मंगलबारको दृष्टि साप्ताहिकमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार