Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपाल लाइफको सीइओमा सन्तोष प्रसाई नियुक्त

    नेपाल लाइफको सीइओमा सन्तोष प्रसाई नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, २८ माघ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । माघ २७ गते मंगलबार बसेको संचालक समितिको ३१५औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

    संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ ।



    विगत ३.५ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईले साउन १ गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    प्रसाई यस अघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार