Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बुधबार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाए

    बुधबार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाए

    अनलाइन नेपाल
  • बुधबार, २८ माघ २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बुधबार ४ सय ९ जनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीसहित ४ सय ९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका हुन् । जसमा २ सय ६९ पत्रकार र १ सय ४० जना कुटनीतिक नियोगका कर्मचारी सहभागी थिए ।

    सिभिल अस्पतालमा २ सय ६९ जना पत्रकारले खोप लगाएका छन् भने त्रिवि शिक्षण अस्पतालमा १ सय ४० जना कुटनीतिक नियोग तथा दूतावासका कर्मचारीले खोप लगाएका छन् । त्यस्तै युएन एजेन्सीका लागि तोकिएको पाटन अस्पतालमा तीन दिनको अवधिमा ११ जनाले मात्रै खोप लगाएका छन् ।



    यसअघि सोमबार र मंगलबार क्रमशः २ सय २६ र ३ सय २० जना पत्रकारले खोप लगाएका थिए । सरकारले सोमबारबाट पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको हो । खोप कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार