Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ओली सरकारले फेरी जनताको ढाड सेक्यो, ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाइयो

    ओली सरकारले फेरी जनताको ढाड सेक्यो, ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाइयो

    अनलाइन नेपाल
  • बुधबार, २८ माघ २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । महँगी र भ्रष्टाचार नियन्त्रण गर्छु भन्दै भाषण गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको ढाड सेक्ने काम गरेका छन् ।

    चौतर्फी आलोचित बनेको ओली सरकारले पट्रोलियम पदार्थको मूल्य बढाएर फेरी जनताको ढाड सेक्ने काम गरेको हो ।



    सरकारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।



    पेट्रोलको मूल्य ११२ र डिजेल र मटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो ।

    निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यसअनुसार १५ दिनमा निगमको घाटा ७३.८७ करोड रहने निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार