Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्र बैंकद्वारा प्रभु मनी ट्रान्सफरलाई कारबाही गर्ने निर्णय

    राष्ट्र बैंकद्वारा प्रभु मनी ट्रान्सफरलाई कारबाही गर्ने निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २९ माघ २०७७
  • 2.8K
    SHARES

    काठमाडौँ । विदेशमा संकलित रेमिट्यान्स नेपाल नल्याएर उतै राखेको भन्दै राष्ट्र बैंकले प्रभु मनी ट्रान्सफरलाई कारबाही गरेको छ । आफैं सहायक कम्पनीलाई कर्जा दिएको विषयमा प्रभु बैंकमाथि अनुसन्धान जारी राखेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक सञ्चालक समिति बैठकले बुधबार प्रभु मनी ट्रान्सफरलाई कारबाही गर्ने निर्णय गरेको हो ।

    आर्थिक वर्ष २०७४/७५ देखि रेमिट्यान्सबापत संकलित करिब सवा २ अर्ब रुपैयाँ विदेशमै राखेको प्रमाणित भएको र त्यसका आधारमा तीन कारबाही गरिएको राष्ट्र बैंक स्रोतले बताएको छ । ‘प्रभु मनी ट्रान्सफरले यता ल्याउनुपर्ने रेमिट्यान्स विदेशमै राखेको खुलेको छ,’ स्रोतले भन्यो, ‘छानबिन, स्पष्टीकरण र त्यसका आधारमा कारबाही गर्ने निर्णय भएको हो ।’



    सचेत गराउने, जरिवाना तिराउने र उता राखिएको रकमको ब्याजसमेत लगाउने गरी कारबाहीको निर्णय भएको स्रोतको भनाइ छ । ‘मनी चेन्जरलाई सचेत गराउने, मनी चेन्जर इजाजत तथा निरीक्षण विनियमावलीअन्तर्गत ५० हजार रुपैयाँ जरिवाना र विदेशमा राखेको रकमको १० प्रतिशतका दरले ब्याज तिराउने गरी तीन वटा कारबाही गर्ने निर्णय भएको हो,’ स्रोतले भन्यो, ‘यो एक प्रकारणको हुन्डी हो । रेमिट्यान्स भन्दै उता पैसा लिने, यता भुक्तानी यहीँको पैसा मात्रै दिने, विदेशी मुद्रा नभित्र्याउने काम भयो । करिब सवा २ अर्ब रुपैयाँ बराबर रकम नेपाल नल्याएर विदेशमै राखेको देखिएको छ ।’



    प्रभु ग्रुपअन्तर्गतको रेमिट्यान्स कम्पनी र बैंकले गरेका गल्तीहरूबारे राष्ट्र बैंकले चासो लिएपछि प्रभु मनी ट्रान्सफरले उक्त रकम फिर्ता ल्याइसकेको छ । विदेशमा राखेको रकम फिर्ता गरिसकेको, अध्यक्ष देवीप्रकाश भट्टचनले बैंकको अध्यक्ष पद छाडेकोलगायत कारण ठूलो कारबाही नगरिएको स्रोतले बताएको छ । २०७५ सालअघिसम्म विदेशमा रेमिट्यान्स कम्पनीले पैसा प्राप्त नगरीकनै लाभग्राहीलाई रेमिट्यान्सको रकम यता भुक्तानी गर्न पाउने व्यवस्था थियो । हाल त्यसो गर्न पाइँदैन । विदेशमा रेमिट्यान्स पठाउने मानिसबाट रेमिट्यान्सबापतको रकम प्राप्त गरेपछि मात्र यहाँका लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने व्यवस्था विदेशी विनिमय विभागले गरेको छ । तर यो निर्देशिका पालना नगरेको राष्ट्र बैंकको प्रारम्भिक छानबिनबाट खुलेको र लगत्तै यो रकम विदेशी मुद्राका रूपमा नेपाल भित्र्याई सुधार पनि गरिसकेको स्रोतको दाबी छ ।

    राष्ट्र बैंकले प्रभु बैंकमाथिको अनुसन्धान भने जारी रहेको जनाएको छ । आफैं सहायक कम्पनी प्रभु मनी ट्रान्सफरलाई कर्जा दिएका विषयमा राष्ट्र बैंकले अनुसन्धान गरिरहेको हो । सोही क्रममा गत बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको निर्णयले ‘तपार्इंलाई कारबाही किन नगर्ने ?’ भन्दै प्रभु बैंकका पूर्वअध्यक्ष भट्टचन र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि स्पष्टीकरणको पत्र पठाइसकेको स्रोतले बताएको छ ।सञ्चालक रहेको बैंकबाट आफू संलग्न अर्को कम्पनीलाई कर्जा दिन नपाउने व्यवस्था छ । सो व्यवस्थाविपरीत प्रभु मनी ट्रान्सफरले प्रभु बैंकबाट ऋण लिएको भटिएको स्रोतले बताएको छ । राष्ट्र बैंकले छानबिन गर्न थालेपछि भट्टचन प्रभु बैंकको अध्यक्षबाट बाहिरिए । गत पुस अन्तिम साता (२७ गते) सम्पन्न बैंकको वार्षिक साधारणसभाबाट उनी अध्यक्षबाट बाहिरिएका हुन् । साधारणसभामा सञ्चालक समितिमा उनले उम्मेदवारी नै दिएका थिएनन् । कान्तिपुर दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार