Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एनजिओ खोलेर कमाउ धन्दामा को -को संलग्न ?

    कांग्रेसभित्र अनुशासनहीन काम, गगन थापा पनि निर्वाचनबाट डराए

    कांग्रेसभित्र अनुशासनहीन काम, गगन थापा पनि निर्वाचनबाट डराए

    अनलाइन नेपाल
  • बिहिबार, २९ माघ २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    राजन पौडेल/  काठमाडौं । नेपाली कांग्रेसले आफूलाई निर्वाचन केन्द्रित बनाएको छ । वैशाखमा हुने निर्वाचन होस् वा दुई वर्षपछि हुने निर्वाचन सबैका लागि कांग्रेस तयारी अवस्थामा रहेको वताइएको छ ।

    कांग्रेसलाई निर्वाचनबाट बहुमतसहितको ठूला पार्टी बनाउने उदेश्य बमोजिम सभापति शेरबहादुर देउवाले नेताहरुलाई कार्यकर्तातहसम्म जान दबाब दिने गरेका छन्। ।



    पछिल्लो समय कांग्रेसका अधिकांश कार्यक्रम गाउँ केन्द्रित छन् ।
    कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूह भने निर्वाचनबाट डराइरहेको चर्चा छ । युवा पुस्तामा लोकप्रिय मानिएका गगन थापा पनि निर्वाचनबाट डराएका छन् ।



    सभापति शेरबहादुर देउवा समूह मात्रै निर्वाचनका लागि तयारी अवस्थामा छ ।

    पौडेल, सिटौला, थापाहरू निर्वाचनबाट डराएपछि नेकपा ओली समुहको मनोवल उच्च भएको छ ।

    कांग्रेसले संसद भङ्ग भएको विषयलाई असंवैधानिक र अलोकतान्त्रिक भनिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध कांग्रेसले आन्दोलन पनि गरिरहेको छ । पौडेल, सिटौला र थापाहरूले आन्दोलन हुन नसकेको भनेर अभिव्यक्ति दिइरहेका छन् ।

    संसद भङ्ग भएको विषयमा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतमा रहेको विषयलाई कांग्रेसले प्रभावित बनाउन नहुने धेरैको धारणा रहेपनि गगन थापाहरु भने चर्चा कमाउन देउवाकै हुर्मत लिन पछि परेका छैनन्।

    कांग्रेसले संविधान र लोकतन्त्रमा विश्वास गर्ने वताउँदै आएको छ । कतिपयले कांग्रेसलाई उचालेर संसद पुनःस्थापनाको माग उठाएर आन्दोलन गर्न भनिरहेका छन् ।

    अहिलेको समयमा कांग्रेसमा व्यक्तिवादी चरित्र स्वार्थ हाबी हुँदै गएको छ । त्यसको प्रभाव आन्दोलनमा परिरहेको छ । कांग्रेसको आन्दोलन  प्रभावहीन हुन थालेको छ । केन्द्रीय नेताहरूको मतभेद आन्दोलनमा देखिन थालेको छ । देउवा समूहले निर्वाचनको पक्षमा आफूलाई केन्द्रित बनाएको छ ।

    अर्कोतिर कांग्रेसका केही नेताहरू  एनजिओ खोलेर कमाउ धन्दामा लागेका छन् ।

    नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले स्कलु अफ डेमोक्रेसी गठन गरेका छन् ।

    नेपाल तरुण दलको महासचिवबाट कारबाहीमा परेर निस्काशन भएका भुपेन्द्रजंग शाहीले वीपी कोइराला स्टडी युथ सर्कल गठन गरेका छन् । केन्द्रीय सदस्य गगन थापाले युथ कांग्रेस बनाएका छन् ।

    कांग्रेस केन्द्रीय कार्यालयसँग अनुमतिनै नलिएर नेताको नाममा एनजिओ बनाउनेहरूलाई पहिला अनुशासन सिकाउनुपर्ने आबाज उठेको छ ।
    सुजाता कोइरालाले गिरिजाप्रसाद फाउण्डेशन बनाएकी छिन् । मृदुला कोइरालाले सुशील कोइराला फाउण्डेशन चलाएकी छिन् ।

    यस्ता संगठनले कांग्रेसलाई फाइदाभन्दा पनि बेफाइदा भएको चर्चा छ । रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले पनि युवा सजगता अभियान नामक एनजिओ चलाएका छन् । उनीहरू सबैले जिल्लाहरूमा पनि संगठन विस्तार गरेका छन् ।

    नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह कांग्रेसको राजनीति छाडेर हिन्दूको अभियानमा लागेका छन् । कांग्रेसमा उनीहरूको पहुँच बलियो छ । उनीहरूले विधान मिचेर काम गर्दा पनि केही हुँदैन ।  उनीहरूकै ठूलो स्वर हुने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार