Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ‘रामकुमारी झाँक्रीलाई पक्राउ गरे देश मुठभेडमा जान्छ’

    ‘रामकुमारी झाँक्रीलाई पक्राउ गरे देश मुठभेडमा जान्छ’

    अनलाइन नेपाल
  • बिहिबार, २९ माघ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर राज्यले मुठभेड निम्त्याउन चाहेको बताएका छन् ।

    विहिबार विहानै प्रहरीले झाँक्रीको घर घेराबन्दी गरेपछि नेता शर्माले सरकारले देशमा मुठभेड निम्त्याउन लागेको बताएका हुन् ।नेतृ झाँक्री यतिबेला प्रहरीको नजरबन्दमा परेकी छिन् । उनलाई पक्राउ गर्न प्रहरी उनी निवास पुगेपछि कार्यकर्ताले चर्को नाराबाजी गरेका छन् ।



    ‘रामकुमारी झाक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन, देशलाई मुडभेटमा लगेर आफ्नो निहित स्वार्थ पूर्ती गर्ने षड्यन्त्र हो ।’ नेता शर्माले भनेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार