Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • जनयुद्ध दिवस मनाउन प्रचण्ड–माधव समूहको सर्कुलेसन

    जनयुद्ध दिवस मनाउन प्रचण्ड–माधव समूहको सर्कुलेसन

    अनलाइन नेपाल
  • शुक्रबार, ३० माघ २०७७
  • 2K
    SHARES

    काठमाडौं । केपी शर्मा ओलीसँग छुट्टिएको प्रचण्ड–माधव समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले फागुन १ गते देशभर जनयुद्ध दिवस मनाउने भएको छ।

    प्रचण्ड–माधव समूहले आज जनयुद्ध दिवस मनाउन केन्द्रीय कार्यालयबाट सबै जिल्लामा सर्कुलेसन गरेको हो ।



    तर, केपी शर्मा ओली समूहले भने कुनै पनि कार्यक्रम गर्ने औपाचारिक जानकारी गराएको छैन ।



    केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार सहिद स्मृति तथा सम्मान कर्यक्रमको ब्यानरमा आफ्नो अनुकूलतामा सबै जिल्लालाई जनयुद्ध दिवस मनाउन भनिएको छ ।

    ढकालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि केन्द्रको तर्फबाट कार्यक्रम आयोजना गरिएको बताए्का छन् ।

    तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेबाट सशस्त्र द्वन्द्व शुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाइन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार