Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कोरोना अपडेटः थप १२७ जनामा संक्रमण, १३६ जना डिस्चार्ज, २ को मृत्यु

    कोरोना अपडेटः थप १२७ जनामा संक्रमण, १३६ जना डिस्चार्ज, २ को मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३० माघ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपालमा आज थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा १३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ ।



    यसैगरी आज देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७०७ रहेको छ ।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार