Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बालिका बलात्कारको आरोपमा महिलासहित २ जना पक्राउ

    बालिका बलात्कारको आरोपमा महिलासहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० माघ २०७७
  • 2.6K
    SHARES

    जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले बालिका बलात्कारको आरोपमा एक महिलासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव छन् ।

    प्रहरीका अनुसार मुस्कान खातुनले १३ वर्षकी बालिकालाई आफ्नै कोठामा ग्राहक बोलाई यौनधन्दामा लगाउने गरेकी थिइन् । खातुन लक्ष्मीनियाँमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।



    त्यस क्रममा मुस्कानले यादव समेतलाई कोठामा बोलाई पीडित बालिकासँग यौन सम्बन्ध राख्न लगाएको प्रहरीको भनाइ छ । पटक–पटकको बलात्कारपछि बालिका गर्भवती भएपछि घटनाबारे परिवारले थाहा पाएको थियो ।



    प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर फरार रहेका खातुन र यादवलाई बिहीबार राति धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार