Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • मुख्यमन्त्री कार्यालयको स्कारपियोको ठक्करबाट टेम्पो चालकको मृत्यु

    मुख्यमन्त्री कार्यालयको स्कारपियोको ठक्करबाट टेम्पो चालकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    लहान । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चोकमा प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ ।

    प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स १ ह ३०४३ नम्बरको टेम्पोलाई शुक्रबार ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ निवासी ४० वर्षीय जयप्रकाश साहको मृत्यु भएको हो ।



    स्कारपियो गाडी ठक्करबाट गम्भीर घाइते टेम्पो चालकलाई उपचारका लागि लहानस्थित अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



    ठक्कर दिने गाडी र चालक जनकपुरधाम उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय रविन्द्र झालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार