Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सौराहा फुड फेष्टिवल सुरु, पर्यटकलाई २० देखि ३० प्रतिशतसम्म छुट

    सौराहा फुड फेष्टिवल सुरु, पर्यटकलाई २० देखि ३० प्रतिशतसम्म छुट

    अनलाइन नेपाल
  • शनिबार, १ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    चितवन ।  चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि १५ औं संस्करणको सौराहा फुड फेष्टिवल सुरु हुदैछ । कोराना भाईरस विरुद्ध उच्च स्वास्थ्य सर्तकता अपनाउदै रेस्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) सौराहाको आयोजनामा आजदेखि सुरु हुदै गरेको फेष्टिवलको सबै तयारी पुरा भएको फेष्टिवलका संयोजक धुव्रल गिरीले जानकारी दिए ।

    सौराहामा पहिलो पटक हात्ती चोकदेखि गैडा चोकसम्म व्यवस्थित तवरमा फुड स्टलसहित फेष्टिवलका कारण सौराहा नगरीलाई दुलही झै सिंगारिएको छ ।  पहिलो पटक हात्तीचोकमा सौराहाको पहिचान दिनका साथै सौराहा नामक सेल्फी पाईन्ट समेत राखिएको रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए ।



    ३ दिनसम्म सञ्चालन हुने फेष्टिवलमा यो पटक स्थानिय खानाका परिकारसगैँ मौलिक जनजातिका संस्कृतिक झाँकी विशेष रहने खतिवडाको भनाई छ । कोरोनाले सौराहाका पर्यटन ठप्प बनाएको थियो उनले भने, अब हामी आन्तरीक पर्यटकहरुलाई नै विशेष प्रथामिकता दिदै सडकमै सडकमै रमाऊ भन्ने नारासहित गरिने फेष्टिवल सबैका लागि नयाँ अनुवभ हुनेछ ।



    साथै ४ सय मिटर सडकमा विभिन्न खानाका परिकारसगैँ सास्कृतिक झाकीले सडक परिक्रममा गर्ने र सौराहाको पर्यटनमा नयाँ आयाम थपिने उनको भनाई थियो ।विगतमा भन्दा यो पटक पर्यटकहरुको सहजताका लागि २० देखि ३० प्रतिशतसम्म छुट समेत दिन व्यवसायीहरु एकमत भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार