काठमाडौं । एक्सपर्ट फउण्डेसनको आयोजनामा काठमाडौंमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लाइन्स क्लव अफ काठमाडौं, डाइमण्ड रेन्बो र हिमाल ब्लड ट्रान्सफङ्सन सेन्टरसँगको समन्वयमा एक्सपर्टले शुक्रबार काठमाडौंको बसुन्धारामा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
विहान १० बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए ।
‘रक्तदान जीवन दान’, ‘स्वस्थ रहन समय–समयमा रक्तदान पनि गरौं’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको एक्सपर्ट फाउण्डेसनले जनाएको छ ।
एक्सपर्ट फाउण्डेसनले देशभर नै रक्तदान कार्यक्रम आयोजना गर्ने पनि जनाएको छ ।
सोही योजना अनुसार एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिको महाराजगञ्ज शाखा कार्यालयले शुक्रबार बसुन्धारामा रक्तदान कार्यक्रम आयोजना गरेको महाराजगञ्ज शाखाका प्रमुख जयराम अर्यालले अनलाइन नेपाललाई बताए ।
एक्सपर्ट फाउण्डेसनको भातृ संस्था एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको छ ।
सन् २००३ मा स्थापना भएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले नेपाल र अष्ट्रेलियामा गरी दुई दर्जन भन्दा बढि शाखा कार्यालयहरुबाट शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको पनि अर्यालले बताए ।