Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • टुँडिखेलमा प्रचण्डले कायरता प्रदर्शन गरेको नेता भट्टको आरोप

    टुँडिखेलमा प्रचण्डले कायरता प्रदर्शन गरेको नेता भट्टको आरोप

    अनलाइन नेपाल
  • शनिबार, १ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा उद्योगमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध लडेका लडाकुहरुलाई विर्सिएको आरोप लगाएका छन् ।

    पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै मन्त्री भट्टले टुँडिखेलमा गएर जनयुद्धमा सहिद भएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफू लिन्छु भनेर प्रचण्डले कायरता प्रदर्शन गर्न खोजेको पनि आरोप लगाए ।



    नेता भट्टले भने–‘उहाँ (प्रचण्ड) टुडिखेलमा गएर ५ हजारको जिम्मा लग्छु भन्नुहुन्छ। १७ हजारको किन नलिने ? प्रचण्डले त्यो सक्नुहुन्न र उहाँमा कायरता आएको हो भने त्यसको जिम्मा हामी लिन्छौं। जनयुद्धमा १७ हजारको बलिदानी गएको छ।’



    उनले थप भने–‘तर, यतिखेर उहाँ (प्रचण्ड) सडकमा हुनुहुन्छ। उहाँले अहिले तपाईं÷हामीलाई सम्झिनुभएको छ। उहाँले वितेको १४ वर्षमा जनमुक्ति सेनालाई सम्झिनुभयो कि भएन ? ती सहिद परिवारलाई सम्झिनुभयो कि भएन ? ती घाइते अपाङ्गलाई सम्झिनुभयो कि भएन ?’

    नेता भट्टले शान्ति प्रक्रियापछि तत्कालीन जनयुद्धको नेतृत्व गरेका दाहालले जनयुद्धमा योगदान दिएकाहरुलाई बिर्सिएको आरोप लगाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार