Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आज विश्वभर ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै

    आज विश्वभर ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै

    अनलाइन नेपाल
  • आइतबार, २ फाल्गुन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर मनाइँदैछ ।

    एकअर्काप्रति प्रेम साटासाट गरी यो दिवस मनाइन्छ।



    हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।



    विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

    प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको बताइन्छ । यो दिवस अहिले विश्वभर चर्चित छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको छ ।

    पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार