Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  •  उमेश श्रेष्ठको स्कुलद्वारा विद्यार्थीसँग रकम असुलेर शिक्षक र कर्मचारीहरुमाथि ज्यादती !

     उमेश श्रेष्ठको स्कुलद्वारा विद्यार्थीसँग रकम असुलेर शिक्षक र कर्मचारीहरुमाथि ज्यादती !

    अनलाइन नेपाल
  • आइतबार, २ फाल्गुन २०७७
  • 5.1K
    SHARES

    चितवन ।  स्मार्ट स्कुलको अवधारणा बनाउने वताउँदै आएको स्मल हेभन स्कुल कल्याणपुर चितवनले  शिक्षक र कर्मचारीहरुमाथि ज्यादती गरेको पाइएको छ । स्कुल व्यबस्थापनले शिक्षक र कर्मचारीहरुमाथि ज्यादती गरेपछि स्कुल नै तालाबन्दी गरिएको छ ।

    शिक्षक र कर्मचारीहरुले विभिन्न माग राख्दै स्कु तालाबन्दी गरेका हुन् ।



    विगत १० बर्षदेखि कर्मचारी सञ्चयकोषका लागि काटिएको रकम जम्मा नगरिएको, कोभिड –१९ को मौका छोपी विद्यार्थीहरुसँग पूर्ण शुल्क उठाएर २५ प्रतिशत मात्र तलब जम्मा गरिएको र एक बर्षदेखिको अतिरिक्त कक्षाका लागि तलब नदिइएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।



    यसअघि विभिन्न चरणका आन्दोलनका कार्यक्रम गरेको उनीहरुले मागको सुनुवाई नभएपछि तालाबन्दी गरेका हुन् ।

    स्मल हेभन स्कुलका सञ्चालक समितिको अध्यक्ष बिघटित प्रतिनिधीसभाका समानुपातिक सांसद् उमेश श्रेष्ठ हुन । उनी शैक्षिक माफियाका रुपमा परिचित छन्।

    स्कुलका एक शिक्षकका अनुसार श्रेष्ठकै निर्देशनमा व्यबस्थापनले लकडाउनमा पनि विद्यार्थीहरुसँग पूर्ण शुल्क असुलेर शिक्षक र कर्मचारीहरुलाई ज्यादती गरेको हो ।

    यसअघि पनि स्कुलले नियम बिपरित स्कुल बस संचालन गरेर बिबादमा तानिएको थियो ।

    स्कुलले तिनवटा हरियो नम्बर प्लेटको बसलाई स्कुल बसको रूपमा संचालन गरी  नियम कानुन कै धज्जी उडाएको थियो ।

    चौतर्फी बिरोधपछि चितवनको ट्राफिकले उक्त कार्य बन्द गराएको थियो । स्मल हेभन स्कुलमा शिक्षक र कर्मचारी गरि ८० जना भन्दा बढी कार्यरत छन् ।

    अभिभावकसंग पुरै पैसा असुल गर्ने तर शिक्षक र कर्मचारीलाई नदिने प्रवृतिले स्कुल बिबादमा तानिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार