Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • संसद विघटनविरुद्धको मुद्दामा बहस

    प्रधानन्यायाधीश जबराले वर्तमान सरकारमाथि नै प्रश्न उठाए

    प्रधानन्यायाधीश जबराले वर्तमान सरकारमाथि नै प्रश्न उठाए

    अनलाइन नेपाल
  • आइतबार, २ फाल्गुन २०७७
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। संसद विघटनविरुद्धका मुद्दामा संवैधानिक इजलासमा आइतबारदेखि जवाफी बहस सुरु भएको छ ।

    प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वर्तमान सरकारमाथि नै प्रश्न उठाएका छन्।



    प्रधानन्यायाधीश जबराले यो सरकार केपी शर्मा ओलीको हो कि नेपाल कम्युनिस्ट पार्टीको भनी प्रश्न गरेका छन् ।



    बहसमा आएका अधिवक्ता दिनमणि पोखरेललाई प्रधानन्यायाधीश जबराले उक्त प्रश्न गरेका हुन् ।

    पोखरेलले प्रतिनिधिसभा विघटन गर्ने भए ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने र अर्को सरकार गठन हुन नसके मात्रै त्यो अधिकार प्रयोग गर्ने संवैधानिक व्यवस्था रहेको जवाफ दिएका थिए । त्यसपछि जबराले पोखरेललाई  ‘अहिलेको प्रधानमन्त्री केपी ओलीको सरकार हो कि सिंगो नेकपाको सरकार हो’ ? भन्दै प्रश्न गरेका थिए।

    अधिवक्ता पोखरेलले  सर्वोच्च अदालतले ओलीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस र सोअनुसार भएको निर्णय संवैधानिक थियो कि थिएन भन्ने मात्रै रहेको जवाफ दिएका थिए ।

    पोखरेलले संसदीय व्यवस्थाभित्र प्रतिस्पर्धात्मक भनेको के हो ?  हामीले त्यो कल्पना गर्ने ? भन्दै सोधेका थिए ।

    उक्त विषयको जवाफ संसद् र संसदीय दलले दिने पोखरेलको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार